Sunday, October 11, 2015

संघिय गणतन्त्र नेपालको प्रधानमन्त्री ज्यूलाई हार्दीक बधाई तथा शुभकामना!



आन्तरिक तथा वाह्य हस्तक्षेपहरुका बाबजुद 
आधिकारीक रुपमा 
संघिय गणतन्त्र नेपाल र यसको संविधान २०७२ 
नेपाली जनताहरुलाई
कोसेलीको रुपमा प्रदान गर्न अग्रीम पंक्ती मा रहेर कार्य गर्नुहुने 
तथा संविधान घोषणा पछि आईपरेको आपतकाल मा 
देशलाई निडरता साथ नेपालीजनभावना अनुरुप दिशा निर्देश गर्नको लागी 
आदरणिय श्री खड्ग प्रसाद ओली ज्यू प्रधानमन्त्री जस्तो देशको गरिमामय पदमा निर्वाचित हुनुभएको मा वहाँलाई बधाई तथा वहाँको कार्यकाल सफल रहोस्,
नेपाली जनताहरुको भावना अनुरुप देश लाई एक ढिक्का राखेर 
सामाजिक सद्भावना कायम राखि, आर्थीक उन्नतीको लागी 
मुख्य भुमिका तथा योगदान रहोस् भनि 
शुभकमाना प्रकट गर्दछु।

अनेकता मा एकता भनेर चिनिएको हाम्रो नेपाली विशेषतालाई सत्य सावित गर्दै देशलाई बर्बाद गर्न अग्रसर देशी-विदेशी शक्तीहरुलाई परास्त गर्न अनेको आन्तरिक मतभेदहरुलाई चिर्दै एक ढिक्का भएर अगाडी बढ्नुहुने श्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यू, श्री कमल थापा ज्यू, श्री विजयकुमार गच्छदार ज्यू लगायत सम्पुर्ण अग्रज नेताहरु प्रति हार्दीक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यसरी नै एक ढिक्का भै अगाडी बढ्न हुन हार्दीक आह्वान गर्दछु।

Sunday, September 20, 2015

संघिय गणतन्त्र नेपाल र यसको संविधान २०७२ प्राप्त भएको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुलाई हार्दीक बधाई तथा शुभकामना

आज असोज ३, २०७२ निश्चय नै हामी सम्पुर्ण राष्ट्रप्रेमी नेपालीहरुको लागी विजयउत्सवको दिन हो। आज हामीले आफ्नो देश नेपाललाई नयाँ स्वरुप “संघिय गणतन्त्र नेपाल” को रुपमा प्राप्त गर्नुका साथै देशको संचालन तथा व्यवस्थापन गर्न आवश्यक संविधान पनि प्राप्त गरेका छौं। यो सु-अवसरमा सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई मेरो व्यक्तीगत तर्फ बाट हार्दीक मंगलमय शुभकामना!

Monday, August 20, 2012

जातिय संघियता बिरुद्ध मोर्चाबन्दि

एकल जातिय पहिचानको आधारमा होस् वा बहुल जातियको आधार, जुनसुकै आधारमा भएपनि "जातिय संघियता" देशको भबिष्यको लागि राम्रो कदापि हुन्न। यसले जाति-जाति बिचमा फुट ल्याएर अन्तिममा गृह युद्धमा देशलाई लैजान्छ। 

एउटा बिचारणीय कुरा के छ भने, केहि जात-जातिहरुको राज्यहरु को प्रस्ताव गर्दा समेत देश कै लगभग एक-चौथाई भन्दा बेसी जनसंख्या हुन आउने क्षेत्री-ब्राहमणहरुको छुट्टै राज्य प्रस्ताव नआउनुको पछाडी कुनै ठोस उद्देश्य छैन होला र? 

यस बिषयमा आ-आफ्नो राज्य हुनु पर्छ भन्ने माग राखेर आन्दोलनरत सम्पुर्ण जात-जातिका नेतृत्ववर्ग ले गम्भिर भएर बिचार पुर्याउनु पर्यो। 

Saturday, August 4, 2012

के राजा फेरी आउलान?

नेपालमा राजपरिवार का अरौटे-भरौटेहरु र पारसको डन प्रवृत्तीले वाक्क नेपाली जनताहरुमा बिशेष गरी राजा बिरेन्द्रको बंश नाश पछिको परिस्थीतिले राजसंस्था प्रति नेपालीहरुको बितृष्णा र घृणा पलाएको सबैलाई अवगत भएकै कुरा हो।

अहिले को परिस्थितिमा भने नेताहरुले मच्चाएको ब्रह्म लुट देखी जनताहरु निराश हुनु स्वाभाविकै हो। अझ, जातिय संघियताको नाममा नेपाली समाजलाई टुक्र्याउन खोज्नु, ४-४ बर्ष सम्म पनि संबिधान बनाउन नसक्नु र पूर्व बिशिष्टहरुलाई आजिवन सुबिधा जस्ता प्रसंगहरुले आम नेपालीहरुको हृदय कुँडिन पुगेकोछ। अझ यस्तै परिस्थीति केहि समय लम्बिन पुग्यो भने "राजा" वा यस्तै कुनै तानाशाहको जन्म नहोला भन्न सकिन्न।

Thursday, August 2, 2012

जातिय संघियता कि राष्ट्रियता ???

धेरै भयो जातिय संघियता को कुरो उठेको! तर यो कुरा मलाई चाहीँ मन परेन। त्यसैले जातियताको समर्थन गर्नुहुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई सम्बोधन गर्दै केहि कुराहरु प्रस्तुत गर्न चाहन्छु।

तटस्थ भएर सोच्नुस त, एउटा राष्ट्रको निर्माण कसरी भएको छ? राष्ट्र भनेको निश्चित भौगोलिक परिधी भित्र पर्ने व्यक्ती-समाजको बृहत रुप हो। यो कुनै समाज शास्त्री या राजनिती शास्त्री को परिभाषा नभएर, आम नागरिक को बुझाई हो र अकाट्य ध्रुवसत्य पनि हो।

Sunday, November 13, 2011

नयाँ नेपालको परिकल्पना कहिले सार्थक होला?

       बर्तमान नेपालको राजनितिक परिप्रेक्षलाई विश्लेषण गरेर हेर्दा अति संक्रमित अवस्था बाट गुज्रिरहेको छ भन्ने तथ्य स्पष्ट हुन्छ। कुनै पनि समाज वा देशको परिबर्तनको शुरुको अवस्था संक्रमणयुक्त भए पनि त्यस्तो अवस्थामा लिएको निर्णय र चालेको कदमले त्यो समाजको भविष्य असल वा खराब के हुने हो भन्ने कुरा निर्धारण गर्दछ। यहि तथ्यलाई आधार मानेर अहिले उठिरहेका बिभिन्न मुद्दाहरु माथी अध्ययन गर्दा के महशुस हुन आउँछ भने यी मुद्दाहरुको सकरात्मक र सहि तरिकाले छिनोफानो गरिएन भने भविष्यमा यसले देश र जनताहरुमा नकरात्मक असर पर्न जाने देखिन्छ। साथै यसले एउटा अवसरको सृजना पनि गरेको छ जसको सकरात्मक र सहि उपयोग गर्न सके एक आधुनिक नेपालको ईतिहास निर्माण गर्न सक्नेछ।
       नेपालको मात्र होईन, विश्वकै ईतिहास हेर्ने हो भने कुनै पनि बिशेष परिबर्तन वा प्राप्तिको पछाडी एक साहसि, निडर तथा बलिदान गर्न सक्ने कुनै एक व्यक्तिको हात हुन्छ। आईपरे आफ्नै जिवन दाऊमा लगाउन तयार ती योद्धाहरुको कारण नै ती असिम परिबर्तनहरु सम्भव भएका छन् जसका कारण आज उनिहरुको देश र समाजले उन्नति गर्ने वातावरण र प्रेरणा पाउने अवसर पाए। उदाहरणका लागी नेपालकै जंगबहादुर राणालाई लिन सकिन्छ। उसमा भएको दुस्साहस र निडरताका कारण नै एउटा साधारण मान्छे श्री ३ सम्म भएर तत्कालिन राजपरिवार माथी नै हैकम जमाउन सफल भए। उनले स्थापना गरेको त्यो अवसरलाई उनका सन्तानले १०४ बर्ष सम्म उपभोग गरे। तर उनी र उनका उत्तराधिकारीहरुको अदुरदर्शीता, जनता प्रतिको संकुचित भावना, पारिवारिक लालच, स्वार्थ आदिका कारण नै उनीहरु पतन हुन पुगे।

Wednesday, January 28, 2009

राष्ट्रपति बाराक ओबामा को उदघाटन समारोह को भाषण

PRESIDENT BARACK OBAMA'S INAUGURAL ADDRESS:
By Christopher HassTuesday, January 20, 2009 9:47:21 PM
http://my.barackobama.com/page/content/hqblog
--------------------------------------------------------


My fellow citizens:

I stand here today humbled by the task before us, grateful for the trust you have bestowed, mindful of the sacrifices borne by our ancestors. I thank President Bush for his service to our nation, as well as the generosity and cooperation he has shown throughout this transition.

Forty-four Americans have now taken the presidential oath. The words have been spoken during rising tides of prosperity and the still waters of peace. Yet, every so often the oath is taken amidst gathering clouds and raging storms. At these moments, America has carried on not simply because of the skill or vision of those in high office, but because We the People have remained faithful to the ideals of our forbearers, and true to our founding documents.