Saturday, August 4, 2012

के राजा फेरी आउलान?

नेपालमा राजपरिवार का अरौटे-भरौटेहरु र पारसको डन प्रवृत्तीले वाक्क नेपाली जनताहरुमा बिशेष गरी राजा बिरेन्द्रको बंश नाश पछिको परिस्थीतिले राजसंस्था प्रति नेपालीहरुको बितृष्णा र घृणा पलाएको सबैलाई अवगत भएकै कुरा हो।

अहिले को परिस्थितिमा भने नेताहरुले मच्चाएको ब्रह्म लुट देखी जनताहरु निराश हुनु स्वाभाविकै हो। अझ, जातिय संघियताको नाममा नेपाली समाजलाई टुक्र्याउन खोज्नु, ४-४ बर्ष सम्म पनि संबिधान बनाउन नसक्नु र पूर्व बिशिष्टहरुलाई आजिवन सुबिधा जस्ता प्रसंगहरुले आम नेपालीहरुको हृदय कुँडिन पुगेकोछ। अझ यस्तै परिस्थीति केहि समय लम्बिन पुग्यो भने "राजा" वा यस्तै कुनै तानाशाहको जन्म नहोला भन्न सकिन्न।

यदि राष्ट्रीय एकता, जनताको शान्ति सँग बाँच्न र काम गरि खान पाउने अधिकार, सबै भ्रष्ट तथा देशद्रोही नेताहरु लाई कार्वाही, सामाजीक तथा आर्थीक क्रान्तीको प्राबिधिक र प्रयोगात्मक रुपले सहि ठहर्याउन सकिने योजना अघि सारेर बिगतमा गरेको गल्ती र कमजोरीहरुको लागी क्षमा याचना सहित राजसंस्था जनताको घर-दैलो पुग्छ भने नेताहरु जति सुकै कुर्ले पनि, बाहिरीया शक्तीहरुले हस्तक्षेप गरे पनि, नेपालमा राज संस्था पुनर्स्थापना हुन देखी कसैले रोक्न सक्दैनन्।

त्यसैले नेताहरुले आफुलाई परिबर्तन गरुन्। होईन भने भित्री हृदयले नै नभए पनि राष्ट्रीय एकता र शान्ती कै लागी भएपनि नेपाली जनताहरु बाध्य भएर राज संस्थाको पक्षमा लाग्ने छन्।