मेरो परिचय
About Me

म ज्ञान बहादुर राई। मेरो जन्म झापा जिल्ला, तत्कालीन गौरीगंज गाउँ पञ्चायत / गाउँ विकास समिति वडा नं. ८ (हाल: गाउँपालीका वडा नं ३) अन्तर्गत दन्तकाली गाउँमा पिता मानबहादुर (सगरमाथा) राई र माता स्व. शिव माया आङ्देम्वे (राई) को कान्छो सन्तान को रुपमा भएको हो।

म जन्मिएको गाउँ किस्नी खोलाको पश्चिम र लालगौरिया खोल्सो देखि उत्तर पट्टि अवस्थीत थियो तर हाल आएर सो स्थान "सगरमाथा जंगलको" रुपमा विस्तार गरिएको छ।

गुगल म्याप मा मेरो जन्मथलो