Sunday, October 11, 2015

संघिय गणतन्त्र नेपालको प्रधानमन्त्री ज्यूलाई हार्दीक बधाई तथा शुभकामना!



आन्तरिक तथा वाह्य हस्तक्षेपहरुका बाबजुद 
आधिकारीक रुपमा 
संघिय गणतन्त्र नेपाल र यसको संविधान २०७२ 
नेपाली जनताहरुलाई
कोसेलीको रुपमा प्रदान गर्न अग्रीम पंक्ती मा रहेर कार्य गर्नुहुने 
तथा संविधान घोषणा पछि आईपरेको आपतकाल मा 
देशलाई निडरता साथ नेपालीजनभावना अनुरुप दिशा निर्देश गर्नको लागी 
आदरणिय श्री खड्ग प्रसाद ओली ज्यू प्रधानमन्त्री जस्तो देशको गरिमामय पदमा निर्वाचित हुनुभएको मा वहाँलाई बधाई तथा वहाँको कार्यकाल सफल रहोस्,
नेपाली जनताहरुको भावना अनुरुप देश लाई एक ढिक्का राखेर 
सामाजिक सद्भावना कायम राखि, आर्थीक उन्नतीको लागी 
मुख्य भुमिका तथा योगदान रहोस् भनि 
शुभकमाना प्रकट गर्दछु।

अनेकता मा एकता भनेर चिनिएको हाम्रो नेपाली विशेषतालाई सत्य सावित गर्दै देशलाई बर्बाद गर्न अग्रसर देशी-विदेशी शक्तीहरुलाई परास्त गर्न अनेको आन्तरिक मतभेदहरुलाई चिर्दै एक ढिक्का भएर अगाडी बढ्नुहुने श्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यू, श्री कमल थापा ज्यू, श्री विजयकुमार गच्छदार ज्यू लगायत सम्पुर्ण अग्रज नेताहरु प्रति हार्दीक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यसरी नै एक ढिक्का भै अगाडी बढ्न हुन हार्दीक आह्वान गर्दछु।