Sunday, September 20, 2015

संघिय गणतन्त्र नेपाल र यसको संविधान २०७२ प्राप्त भएको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुलाई हार्दीक बधाई तथा शुभकामना

आज असोज ३, २०७२ निश्चय नै हामी सम्पुर्ण राष्ट्रप्रेमी नेपालीहरुको लागी विजयउत्सवको दिन हो। आज हामीले आफ्नो देश नेपाललाई नयाँ स्वरुप “संघिय गणतन्त्र नेपाल” को रुपमा प्राप्त गर्नुका साथै देशको संचालन तथा व्यवस्थापन गर्न आवश्यक संविधान पनि प्राप्त गरेका छौं। यो सु-अवसरमा सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई मेरो व्यक्तीगत तर्फ बाट हार्दीक मंगलमय शुभकामना!


निश्चय नै यो संविधान न पुर्ण छ न त यसले सम्पुर्ण नेपालीहरुको प्रतिनिधत्व गरेको नै छ तथापी यसले नयाँ नेपालको परिकल्पनालाई साकार पार्न चाहिने आधारभुत धरातललाई स्थापित गरेको छ। यस यथार्थतालाई हामी सम्पुर्ण नेपाली जनताहरुले स्विकार गर्नु आजको हाम्रो नागरीक-धर्म हो। यो संविधानको विशेषता भनेको नै लोकतान्त्रीक पद्धति बाट यसलाई संशोधन तथा संवर्द्धन गर्न सक्नु हो। हामी नेपालीहरुको सबै चाहना तथा कामनाहरुला यो संविधानले तत्कालै संवोधन गर्न नसके पनि भविष्यमा संवोधन गर्न सक्ने आधारशीला तयार गरेको छ। यसर्थ सम्पुर्ण नेपाली महानुभावहरुलाई मेरो आह्वान छ यो सानै उपलब्धि भएपनि यसलाई स्विकार गरी आगामी दिनहरुमा आवश्यक भए अनुरुप देशको नियम-कानुनलाई परिमार्जन गर्दै हातेमालो गरेर अगाडी बढौं।

यो महान अवसर को आधार तयार गर्नुहुने सम्पुर्ण शहिदहरु प्रती हार्दीक श्रद्धा सुमन, सम्पुर्ण राजनितिक दलका मुखिया तथा कार्यकर्ताहरु, सामाजीक संघ-संस्था का मुखिया तथा सदस्यहरु र विशेष गरी यो अवसर प्राप्त गर्न आवश्यक प्रक्रियाहरुलाई द्रुत गतीमा अगाडी बढाउन उत्प्रेरणा प्रदान गर्नुहुने थारु, मधेसवादी राजनैतीक दलहरु र मधेसी जनताहरु सबैलाई मेरो व्यक्तीगत तर्फ बाट हार्दीक धन्यवाद ज्ञापन गर्न चाहन्छु। 

राष्ट्रिय अखण्डता तथा नेपाली जनताहरुको संप्रभुता को रक्षाको लागी व्यक्तीगत रुपमा श्री विजयकुमार गच्छदार ज्युको त्याग र सद्भावको लागी वहाँलाई विशेष धन्यवाद दिन चाहन्छु।