Monday, February 16, 2015

तिम्रो सु-स्वास्थ्य, दीर्घायू र सफलताको कामना सहित........

प्रिया,

 

तिमी आफ्नो सुनौलो भविष्य को खोजीमा सात समुंद्र पारी जाँदैछौ। तिम्रो उज्जवल भविष्य र जिन्दगी त त्यही सात समुंद्र पारी नै छ। त्यसैले त म तिमीलाई रोक्न सक्दीनँ साथ-साथै हामीले संगै विताएका ती क्षणहरुलाई पनि त भुल्न सक्दिनँ नि! जहाँ गएपनि, जहाँ भएपनि, तिमी सदा खुशी रहनु। मेरो यहि शुभकामना छ तिमीलाई!! दु:खमा नआत्तीनु, सुखमा नमात्तीनु अनि आफ्नो सदा ख्याल राख्नु!!

 

नमरी बाँचे दैवले साँचे एक दिन त भेट होला नि प्रिया। यहि आशा का साथ तिम्रो बाटो कुरीरहने छु।

 

अलविदा मेरी प्रिया अलविदा!!