Friday, November 22, 2013

अनुत्तरीत प्रश्नहरु

मुटु चोरी भाग्नैथ्यो त, माया किन लायौ ?
संगै बाँच्छु संगै मर्छु, कसम किन खायौ ?
जिवन उजाड पार्नैथ्यो त, आवाद किन गर्यौ ?
साथ दिन अघि बढि, पछि किन सर्यौ ?
छोड्नैथ्यो त मझेरीमा, दोभान किन तार्यौ ?
बिचबाटोमै अलपत्र, मलाई किन पार्यौ ?
निरस जिवन जिउदै थिएँ, तिमी किन आयौ ?
मार्नैथ्यो त आखिर मलाई, बाँच्न किन लायौ ?
तोड्नैथ्यो त नाता हाम्रो, साईनो किन जोड्यौ ?
बिर्सी जानु छँदैथ्यो त, नासो किन छोड्यौ ?
_______________________________________________
राजधानी साप्ताहिक, दोहा-कतार
१८ सेप्टेम्बर २०१३