एकल जातिय पहिचानको आधारमा होस् वा बहुल जातियको आधार, जुनसुकै आधारमा भएपनि "जातिय संघियता" देशको भबिष्यको लागि राम्रो कदापि हुन्न। यसले जाति-जाति बिचमा फुट ल्याएर अन्तिममा गृह युद्धमा देशलाई लैजान्छ।
यस बिषयमा आ-आफ्नो राज्य हुनु पर्छ भन्ने माग राखेर आन्दोलनरत सम्पुर्ण जात-जातिका नेतृत्ववर्ग ले गम्भिर भएर बिचार पुर्याउनु पर्यो।
जहाँ सम्म काँग्रेसको कुरो छ, गिरिजा प्रसाद कोईरालाको शेष पछि काँग्रेस काँग्रेस रहेन। शुसील जी को के कुरा गर्नु, वहाँ आफै निर्णय लिन नै सक्नु हुन्न। अन्य नेताजीहरु देखेकै हौं। गगन थापा जी संग केहि आश गर्नु पर्ने खुबीहरु छन् तर वहाँको पनि युवा नेतृत्वमा खासै पहुँच छ जस्तो मलाई लागेन। अन्य केही नेताहरु हुनुहोला तर अफशोस वहाँहरु केन्द्रमा पुग्न सक्नु भएको छैन। त्यसैले काँग्रेस ले केहि गर्ला जस्तो लाग्दैन।
एमाले को के कुरा गर्नु? एमाले संग त आफ्नो संगठन सुदृढ गर्ने नारा छ तर देशको लागी कुनै नारा नै छैन। काठमान्डौं मा डुल्दा गल्लि-गल्लिका भित्ताहरुमा एमालेको नारा देखेर छक्क परेको छु। तपाईहरुले पनि यसो बिचार गर्नु होला, उनिहरुको नारामा कि त बन्द-हड्तालको आह्वान हुन्छ, कि त आफ्नै संगठन सुदृढ गर्ने रटान हुन्छ। देशको फलानो आयोजना को लागि, देशको फलानो स्वार्थको लागी भनेर कहिँ-कतै केहि भेटिदैन। यस्तो पार्टी बाट के आश गर्नु र?