धेरै भयो जातिय संघियता को कुरो उठेको! तर यो कुरा मलाई चाहीँ मन परेन। त्यसैले जातियताको समर्थन गर्नुहुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई सम्बोधन गर्दै केहि कुराहरु प्रस्तुत गर्न चाहन्छु।
तटस्थ भएर सोच्नुस त, एउटा राष्ट्रको निर्माण कसरी भएको छ? राष्ट्र भनेको निश्चित भौगोलिक परिधी भित्र पर्ने व्यक्ती-समाजको बृहत रुप हो। यो कुनै समाज शास्त्री या राजनिती शास्त्री को परिभाषा नभएर, आम नागरिक को बुझाई हो र अकाट्य ध्रुवसत्य पनि हो।
सर्ब प्रथम एउटा व्यक्ती बाट शुरु हुन्छ कुनै पनि राष्ट्रको निर्माण। त्यसपछि, व्यक्त-व्यक्ती मिलेर एउटा परिवार बन्छ। परिवार-परिवार मिलेर एउटा एउटा समुह बन्छ। जसलाई उनिहरुको पुर्खा, आगमन भएको स्थान वा बासस्थानको आधारमा जात-जातीमा बर्गीकरण गरिएको हुन्छ। यस्ता समुह वा यीनीहरु अन्तर्गत पर्ने परिवार हरु मिलेर एउटा समाजको निर्माण हुन्छ। र अन्तत: माथी उल्लेख गरेझैं यस्तै समाजको बृहत रुप बाट नै एउटा राष्ट्रको निर्माण हुन्छ जस्लाई निश्चित भौगोलिक परिधीले बाँधेर राखेको हुन्छ। अझ यो भन्दा पनि ठुलो संरचना पहिल्याउने हो भने, राष्ट्र-राष्ट्र मिलेर महादेश बन्छ, त्यसपछि, पृथ्वी (ग्रह), अनि ब्रहमाण्ड। जो सृष्टीको एउटा बिशाल रुप हो।
यो त भयो समाज, देश अनी ब्रहमाण्ड कसरी बन्छ। कसरी टुक्रिन्छ (भत्किन्छ) भन्ने पाटो तिर एकपटक सर्सर्ती नजर लगाऔं। ब्रहमाण्ड बाट ग्रह (पृथ्वी), त्यसपछि महादेश, राष्ट्र, समाज, जात-जाती, परिवार हुदैं अन्तत: व्यक्ति (प्राणी), बस् एक्लो व्यक्ति (प्राणी) मा सिमित हुन आउँछ।
हुन त ब्रहमाण्ड, राष्ट्र र व्यक्ती संयोजन यहाँ अलिक सान्दर्भिक नहोला तर पनि यसले बुझ्नमा केही सहयोग गर्नसक्छ भन्ने लागेर मात्र उठान गरेको हुँ। हाम्रो सम्बन्ध भनेको राष्ट्र र जातीको बिचमा मात्र छ।
यीनीहरुको सम्बन्ध लाई पनि एकपटक केलाएर हेरौं। राष्ट्र बलियो भयो भने त्यहाँ बसोबास गर्ने समाज, जात-जाती, परिवार र व्यक्ति स्वत: बलियो र समृद्ध हुन जान्छ। तर यसको ठिक बिपरित राष्ट्र कमजोर भयो भने त्यहाँ आश्रीत समाज, जात-जाति, परिवार र व्यक्ति स्वत: कमजोर र सामर्थ्य विहिन हुन जान्छ।
अब प्रसंग तर्फ लागौं। राष्ट्र ठुलो कि जात-जाती? राष्ट्रको माँग ठुलो कि जात-जातिको? जात-जातीको नाम मा नाजायज, स्वार्थि मागलाई सम्बोधन गरेर राष्ट्रलाई कमजोर बनाउने की? जात-जाती को मागलाई सम्बोधन गर्नु पर्छ तर त्यसले राष्ट्रलाई कमजोर बनाउँछ भने त्यस्तो माग सम्बोधन गरिनु हुन्न। राष्ट्रको एक ढिक्को हुने मागलाई लत्याएर जात-जातीको नाममा संघियता हुनु पर्छ भन्नु भनेको भएको घर को छानो भत्काएर बलियो टाटी-बेरा गरेर बस्नु जस्तो मात्र हो। शायद तपाई्/हरु पनि छानो बिनाको घरमा बस्न सक्नु हुन्छ जस्तो मलाई लाग्दैन।
नेपाली जनताहरुको साँचो मागको कुरा गर्नु हुन्छ भने पूर्व मेची देखी पश्चिम महाकाली सम्म जानुस्। त्याहाँका एक-एक नागरीकलाई तपाईको भित्री मन देखि भन्नुहोला भनेर सोध्नुस, "जातिय संघियता चाहनु हुन्छ कि राष्ट्रिय एकता"। वहाँहरुको एउटै उत्तर हुनेछ, "राष्ट्रियता"। मेरो अध्ययनले थाहा पाएको तथ्य त्यहि हो "नेपाली जनताहरु जातिय संघियता चाहँदैनन्। वहाँहरु राष्ट्रको झण्डा मुनी एक ढिक्का भएको नेपाल चाहन्छन्।"
सत्य त यहि हो कि, माओबादी भुमिगत हुँदा आफ्नो स्वार्थ पुरा गर्ने क्रममा केहि जातिहरु बिच गुम्सिएर रहेको अन्तरबिरोधलाई उपयोग गरेर आफ्नो राजनैतिक पकड लाई बलियो बनाउने रणनितिको रुपमा यसका उच्च नेताहरु प्रचण्ड र बाबुराम को कुटिल मस्तिष्कबाट निष्किएको एउटा "खेल" मात्र हो यो जातिय संघियता। जसरी आईन्सटाईनले अणु बम बनाएर अन्तिममा पश्चाताप गरेका थिए त्यसै गरि प्रचण्ड र बाबुरामले आफ्नो स्वार्थ त पुरा गरे तर उनिहरुले शुरु गरेको यो खेल प्रति उनिहरु पक्कै पनि दु:खी र लज्जित छन्। म ठोकुवा दिएर भन्छु, उनिहरु मर्नेबेला "तपाईहरुले जिन्दगी मा गरेको कुन कार्य प्रति तपाईहरु दु:खी र लज्जित हुनुहुन्छ" भनेर सोध्ने हो भने उनिहरुको एउटै जबाफ हुनेछ "हजारौं मान्छे मार्दा/मर्दा हामीलाई पश्चाताप लागेन तर यो जातिय संघियताको खेल शुरु नगरेको भए हुने थियो कि भन्ने हाम्लाई लाईरा'छ"।
यसकारण यदि तपाई जातिय संघियताको पक्षधर हुनुहुन्छ भने कतै गलत त गरि रहनु भएको छैन? तपाई लाई मेरो व्यक्तिगत सुझाव छ। तपाईको परिवार का हुर्किसकेका र जेष्ठ सदस्यज्युहरुलाई सोध्नुहोला, वहाँहरुको भावना बुझ्नु होला वहाँ हरु पनि जातिय संघियताको पक्षधर हुनु हुन्छ कि राष्ट्रिय एकता को। मलाई विश्वास छ, वहाँहरुको एउटै उत्तर हुनेछ "राष्ट्रिय एकता"।
हाम्रो छिमेकि देश भारतको गए-गुज्रेको भनेर घृणित राज्य बिहारले त राष्ट्रियताको नारा अँगाले देखि डेढ दशकमा नै बिशाल प्रगति गरिसकेको छ। त्यसैले मित्रहरु, जातियता होईन, हाम्रो माग र नारा राष्ट्र र राष्ट्रिय एकता हुनु पर्छ। जय राष्ट्र!!