Friday, February 8, 2013

Happy Birthday Mom!!

happy_birthday_mom

Dear Mom (Mrs. Lian Whitehead),

Let me wish you Happy Birthday and many many happy returns of the day!!

Sunday, February 3, 2013

Windows Live Writer टेष्ट गर्दैछु।

यो पोष्ट विन्डोज लाईभ राईटर नामक एप्लिकेशन बाट टेष्ट पोष्टको रुपमा शेयर गर्दैछु।
आशा छ, यो प्रोग्राम भावी ब्लग पोष्ट गर्न सहायक र सजिलो शिद्ध हुनेछ।

Saturday, January 26, 2013

पेनड्राईभ/मेमोरी कार्डका hidden folders र समाधान

देवराज भाईको कम्प्युटर भाईरसले ग्रस्त भएको रहेछ। कम्प्युटर फरम्याट गरेर नयाँ अपरेटिङ सिस्टम र नि:शुल्क भर्सनको अ-भास्ट एन्टिभाईरस ईन्सटल गरि दिएँ। देवराज भाईले डेटा व्याकअप गरेर पेनड्राईभमा राखेको रहेछ। त्यसैले उक्त पेनड्राईभमा भएको डेटा भाईको कम्प्युटरमा कपि गर्नु अघि पेनड्राईभमा भएको भाईरस ईन्फेक्शनलाई हटाउनु जरुरी थियो नत्र कम्प्युटर पुन: संक्रमित हुने संभावना धेरै थियो।

मेरो ल्यापटपमा भएको कास्पर्स्-काई एन्टिभाईरस सफ्टवेयरले उक्त पेनड्राईभलाई स्क्यान गरेर त्याहाँ भएका सम्पुर्ण भाईरसलाई हटाएँ। तर, एउटा जटिल समस्या देखियो। पेनड्राईभमा भएका कुनै पनि फोल्डरहरु त्याहाँ थिएनन्। मलाई लाग्यो सबै फोल्डरहरु डिलिट भएछन्। अब परेन फसाद??