Saturday, January 26, 2013

पेनड्राईभ/मेमोरी कार्डका hidden folders र समाधान

देवराज भाईको कम्प्युटर भाईरसले ग्रस्त भएको रहेछ। कम्प्युटर फरम्याट गरेर नयाँ अपरेटिङ सिस्टम र नि:शुल्क भर्सनको अ-भास्ट एन्टिभाईरस ईन्सटल गरि दिएँ। देवराज भाईले डेटा व्याकअप गरेर पेनड्राईभमा राखेको रहेछ। त्यसैले उक्त पेनड्राईभमा भएको डेटा भाईको कम्प्युटरमा कपि गर्नु अघि पेनड्राईभमा भएको भाईरस ईन्फेक्शनलाई हटाउनु जरुरी थियो नत्र कम्प्युटर पुन: संक्रमित हुने संभावना धेरै थियो।

मेरो ल्यापटपमा भएको कास्पर्स्-काई एन्टिभाईरस सफ्टवेयरले उक्त पेनड्राईभलाई स्क्यान गरेर त्याहाँ भएका सम्पुर्ण भाईरसलाई हटाएँ। तर, एउटा जटिल समस्या देखियो। पेनड्राईभमा भएका कुनै पनि फोल्डरहरु त्याहाँ थिएनन्। मलाई लाग्यो सबै फोल्डरहरु डिलिट भएछन्। अब परेन फसाद??


पेन ड्राईभ मा भएका फाईलहरुको टोटल साईज हेरें, ४० MB मात्रै रहेछ। अनि, पेनड्राईभको पुरा प्रयोगमा आएको साईज हेरें, लगभग ७०० MB रहेछ। त्यसको अर्थ लगभग ६०० MB भन्दा माथिका फाईलहरु लुकाईएको (hidden) अबस्थामा रहेछ। ती लुकाईएका फोल्डर र फाईलहरुलाई कसरी निकाल्ने? सानो चर्चा गरौं।

समाधान
----------
१) सर्व प्रथम माई कम्प्युटरमा गएर पेनड्राईभ को ड्राईभ लेटर चेक गरेर नोट गर्नुस्। मेरो पेनड्राईभ "K" रहेछ।

२) त्यसपछि कमान्ड प्रम्प्ट प्रोग्राम खोल्नुस। (विन्डोज कि + R एकैपटक प्रेस गर्नुस, RUN खुल्नेछ। त्यसमा CMD टाईप गरेर ईन्टर हान्नुस, कमान्ड प्रम्प्ट प्रोग्राम खुल्नेछ।)

३) यो कमान्ड टाईप गर्नुस्: attrib -s -h -r k:\*.* /s /d (यहाँ k को ठाऊँमा तपाईको पेनड्राईभको लेटर टाईप गर्नुहोला)

४) त्यसपछि "ईन्टर" हान्नुस। त्यतिहो तपाईले गर्ने काम। केहिछिन पछि तपाईको पेनड्राईभ/मेमोरि कार्ड चेक गर्नुस्। लुकाईएका फोल्डरहरु पुन: प्रकटहुनेछन्।

यस्तो समस्या बिशेष गरि डिजिटल क्यामेरा तथा मोबाईलको मेमोरीहरुलाई फोटो स्टुडियोमा प्रिन्ट गर्न दिँदा ईन्फेक्शन भएको पाईयो। फोटो स्टुडियो मा प्रयोग भएको मेमोरीलाई एकपटक प्रोफेसनल एन्टिभाईरस प्रोग्रामले स्क्यान गरेर मात्रै प्रयोग गर्दा यस्तोखाले समस्या बाट बच्न सकिन्छ।

यदी तपाईहरुसित कम्प्युटर सम्बन्धी केहि यस्ता समस्याहरु छन् भने मलाई ईमेल गर्नुहोला। म सहयोग गर्ने कोशिस गर्नेछु।

धन्यवाद!