Sunday, November 13, 2011

नयाँ नेपालको परिकल्पना कहिले सार्थक होला?

       बर्तमान नेपालको राजनितिक परिप्रेक्षलाई विश्लेषण गरेर हेर्दा अति संक्रमित अवस्था बाट गुज्रिरहेको छ भन्ने तथ्य स्पष्ट हुन्छ। कुनै पनि समाज वा देशको परिबर्तनको शुरुको अवस्था संक्रमणयुक्त भए पनि त्यस्तो अवस्थामा लिएको निर्णय र चालेको कदमले त्यो समाजको भविष्य असल वा खराब के हुने हो भन्ने कुरा निर्धारण गर्दछ। यहि तथ्यलाई आधार मानेर अहिले उठिरहेका बिभिन्न मुद्दाहरु माथी अध्ययन गर्दा के महशुस हुन आउँछ भने यी मुद्दाहरुको सकरात्मक र सहि तरिकाले छिनोफानो गरिएन भने भविष्यमा यसले देश र जनताहरुमा नकरात्मक असर पर्न जाने देखिन्छ। साथै यसले एउटा अवसरको सृजना पनि गरेको छ जसको सकरात्मक र सहि उपयोग गर्न सके एक आधुनिक नेपालको ईतिहास निर्माण गर्न सक्नेछ।
       नेपालको मात्र होईन, विश्वकै ईतिहास हेर्ने हो भने कुनै पनि बिशेष परिबर्तन वा प्राप्तिको पछाडी एक साहसि, निडर तथा बलिदान गर्न सक्ने कुनै एक व्यक्तिको हात हुन्छ। आईपरे आफ्नै जिवन दाऊमा लगाउन तयार ती योद्धाहरुको कारण नै ती असिम परिबर्तनहरु सम्भव भएका छन् जसका कारण आज उनिहरुको देश र समाजले उन्नति गर्ने वातावरण र प्रेरणा पाउने अवसर पाए। उदाहरणका लागी नेपालकै जंगबहादुर राणालाई लिन सकिन्छ। उसमा भएको दुस्साहस र निडरताका कारण नै एउटा साधारण मान्छे श्री ३ सम्म भएर तत्कालिन राजपरिवार माथी नै हैकम जमाउन सफल भए। उनले स्थापना गरेको त्यो अवसरलाई उनका सन्तानले १०४ बर्ष सम्म उपभोग गरे। तर उनी र उनका उत्तराधिकारीहरुको अदुरदर्शीता, जनता प्रतिको संकुचित भावना, पारिवारिक लालच, स्वार्थ आदिका कारण नै उनीहरु पतन हुन पुगे।

Tuesday, July 19, 2011

परिवर्तन

एक सय चार सालको कालो औंशी रात
सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास
मान्छे खाने भुत रे', गाँइगुई कुरा चल्यो
एक कान, दुई कान, हुदैं मैदान, मुलुक भरी फैल्यो

हुन्न क्यारे सुति यसै, सबको खुल्यो आँखा
कोही जुटे घरैबाट, कोही कुदे पाखा
बिगुल बज्यो संघर्षको, घन्के जुलूस नारा
रातो खूनले लतपत, भिज्यो मुलूक सारा

डगाउन संघर्षलाई, मानव धर्मै छल्यो
गोलि बारी, काट मार, चल्नु सम्मै चल्यो
क्रान्ति र संघर्षले, ल्यायो आँधी बेरी
उडाईलग्यो भु्तको त्रास, छायो शान्ति फेरी

Friday, December 31, 2010

Happy New Year 2011

May new year bring you sunshine of your success and prosperity.
HAPPY NEW YEAR 2011!