Friday, March 1, 2013

दुनियाँ - कविता

म मात्रै, मेरै हो, सबै मलाई, यस्तै सोचेर दुनियाँ
अरु पनि छन् तीनलाई पनि हो, सम्झेका छन् खोई कहाँ ?
माया हो यो जिन्दगी सबको, अजम्मरी छ त्यो कहाँ ?
व्यर्थै हुन् जनका लोभ र लालच, बुझेका छन् खोई यहाँ ?


भरी पुरी आफ्नै भकारो, दुनियाँ लाई मारी मारी
खोज्छन् शान्ती वैकुण्ठको, नरकको भै पुजारी
छलि, कपटि, निर्दयीहरुको, भारी छ ठुलो जहाँ
डुबी रसातलै सम्म खोजेर पनि, पाईन्छ शान्ती कहाँ ?
हत्या पहिले अनि शोक मान्छन्, खुशीले गद-गद भै यहाँ
देखी जगका माहौल यी सबै, व्याकुल छु त्यसै म कहाँ ?
म, मेरो, मलाई त्यागिन्छ जहाँ, पाईन्छ शान्ती त्याहाँ
आफु नमरी स्वर्ग देखिन्नँ, भनेका त्यसै हुन् कहाँ ?
-समाप्त-