Saturday, November 15, 2008

विन्डोज भिस्टालाई कसरी एक्सपी मा परिबर्तन गर्ने - How to Downgrade Windows Vista to XP

मेरो ल्यापटपमा भएको विन्डोज भिस्टा अपरेटिङ सिस्टमले सार्है हैरान बनायो। मेरा पुराना प्रोग्रामहरु खालि एक्सपी संग मात्र कम्प्याटिबल भएकोले सो भिस्टालाई एक्सपीमा परिबर्तन गर्ने बिचार गरें। तर, डिस्क फर्म्याटिङ गर्नै सकिनँ। त्यसैले गुगल मा खोज्दा निम्न लेख उपलब्ध भयो। मैले यसलाई प्रयोग गरिसकेको त छैनँ तर पनि यसले काम गर्ला जस्तो मलाई लागेर यहाँ राखेको हुँ। यसलाई प्रयोग गर्दा यदि कुनै बिशेष नोट थप्नु परेमा म उपलब्ध गराउने छु।


Windows Vista sucks? Or simply don't like Vista? If you're thinking to downgrade your Vista system to run on Windows XP, it's not as easy as you think. There is no direct path to downgrade Vista to XP. You can't simply insert the XP installation CD media into the CD-ROM drive and hope to 'upgrade' and replace the Vista with Windows XP usual install routine because Vista won't allow it to be overwritten. XP will treat Vista as 'superior' operating system and refuse to install over it.

There're actually few options available instead of completely uninstall Vista as listed below. But if you decide to downgrade from Vista to install XP, there is also a simple guideline that you can observe to ensure that the migration goes smoothly.

Monday, November 3, 2008

आफ्नै गन्थन्॥ (मनोवाद)

'के गर्ने बाबा? यसपालीको दशैं त जसो तसो बित्यो। अलीकति बाँकीरहेको पैसा पनि सिद्धीयो। घरको आर्थीक अबस्था तपाईलाई थाहा छँदैछ। अब तिहार पनि आउँदैछ । बर्ष दिनको चाँडमा चेलीबेटीहरु बोलाउनै पर्र्यो। कोशेली पात बोकेरै आउलान्, खर्च पर्दैन भनेपनि केही त दिनै पर्छ नी! छोरी चेलीको सित्तैमा पानी पनि खानु हुदैंन, पाप लाग्छ भन्छन्, होईन र?'

'तिमीहरुलाई त घरमा बस्नु र खानु त छ नी! जति भने पनि बुडाले पैसा झ्याप्पै पठाईहाल्छ त। तिमीहरुलाई के थाहा, यस मरुभुमीमा खटेर पैसा कमाउन कति गाह्रो छ भनेर। अहिले म संग पैसा-सैसा छैन। २-४ महिना पछि बिचार गरौंला...'

Thursday, May 29, 2008

शुभ-कामना

सम्पूर्ण नेपालीजनहरुमा नयां गणतांत्रिक नेपालको शुभ-कामना ।

नेपालीहरुको धेरै अघीदेखिको चाहना र बलिदान को कदर गर्दै संकुचित भावनाले ओत-प्रोत भएको जसले कहिले पनि नेपालीजनहरुको इच्छा-आकांक्षाहरुको चाहाना लाई बुझने कोशिश गरेन बरु मात्र आफ्नो स्वार्थ पूर्ति को पछि लगी रह्यो, यस्तो राज-संस्था लाई जरैदेखि उखालेर फ्याकने शुभ-कार्य भएको छ, यो नेपाली इतिहास मा बहुतै एउटा राम्रो र विश्व को लागी नमूना को काम भएको छ । यस पावन घड़ीमा म एक प्रवाशी नेपाली छोरो सम्पूर्ण देशबाशीहरु र संसारका हरेक कुना मा रहनुभएका नेपालीहरु प्रति हार्दिक कृतज्ञता सहित शुभ-कामना बाड़न चाहन्छु ।
होस जय देशको ॥ नेपाली को जय होस ॥